२० वर्ष पछि पर्यटकले गाडीको हर्न र मोबाइलको टावर नलाग्ने ठाउँ खोज्दै आउँछन् : पर्यटनमन्त्री (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले २० वर्ष पछि पर्यटकहरूले तेलको गन्ध नआउने, गाडीको हर्न नसुनिने र जहाँ मोबाइलको टावर टिप्न नसक्ने ठाउँ खोज्दै आउने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किराँतीले एक वर्षमा सात दिन संसारभरिका मान्छेले २० वर्ष पछि यस्तो प्रकृति खोज्दै आउने दिन आउने बताए ।

हाम्रो देशमा प्रकृति र संस्कृति उच्च रहेको तर हाम्रो व्यवहार भने संसारकै बामपुड्के जस्तो भएको उनले बताए ।

यस्तै मन्त्री किराँतीले जहाज खरिद गर्नु आजको राष्ट्रिय आवश्यकता भएको बताए ।

जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै उनले भने, ‘नेपाल वायु सेवा
निगमले तिन वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । कुन प्रक्रियाबाट खरिद गर्ने भन्ने कुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *