मनाङका याक र चौँरीमै भेटियो लम्पी स्किन
No ads found for this position
No ads found for this position
मनाङ- हिमाली जिल्ला मनाङका पशुमा पनि लम्पी स्किनको सङ्क्रमण भेटिएको छ । मनाङमा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण भेटिएको थियो ।
मनाङमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई-गोरु र याक सङ्क्रमित भएको भेटिएको छ । जसमा ९६ गोरु, ८९ गाई र ५१ याक र चौँरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।
जिल्लामा सङ्क्रमण फैलिँदै गएपछि रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्था गरेको छ। खोपको लागि भेटेरिनरी अस्पतालले जिल्लामा दुई हजार डोज खोप ल्याइसकेको छ।
प्रतिक्रिया