मलाई कुनै पार्टीको मतलब छैन, भ्रष्टाचारीलाई छोड्दिन : गृहमन्त्री (भिडियो)
काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारिलाइ जन सुकै पार्टीको भएपनि नछाड्ने बताएका छन्। उनले कानून सबैलाई समान हुने भएकाले कोही पनि दोषीलाई नछाड्ने प्रतिबद्धता जनाए ।
भ्रष्टाचारविरुद्धको कारबाहिमा विभिन्न खालको दबाबको सामना गर्नुपरिरहेको श्रेष्ठले बताए । समाजवादी यात्राको चुनौती विषयक अन्तरक्रियामा बोल्दै उनले स्वच्छ र निस्पक्षरूपमा अनुसन्धान अघि बढाइएको उल्लेख गरे।
उनले भने, ‘प्रश्न उठिरहेको छ कि यो कहाँसम्म जान्छ ? मैले बारम्बार भनेको छु, स्वच्छ र निस्पक्षरुपमा अनुसन्धान अगाडि बढाइने छ । दोषीलाई छोडिदैँन।’
@nagarik_press जुनसुकै पार्टीका भए पनि भ्रष्टाचारीलाई छोड्दिन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ narayankajishrestha
गृहमन्त्री श्रेष्ठले भने, ‘नेताहरू दोषी, अपराधी देखिए, मुद्दा चलाइयो भने राजनीतिक पार्टीका नेताहरू कराउँछन् । यो त भएन नि भनेर । उद्योगी-व्यवसायी पक्राउ परे भने हामीले ट्याक्स तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं, हामीलाई गर्ने ? भन्छन् । कर्मचारी परे भने कर्मचारीलाई कहाँ पाइन्छ भन्छन् । त्यसोभए कसलाई गर्ने कारबाही ?’
तथ्य-प्रमाणले भेटेसम्म सबैलाई कानूनको दायरामा ल्याउने हो, चाहे जोसुकै होस् । माओवादी, कांग्रस, एमाले, समाजवादी कुनै पार्टीको मतलब छैन । सबै कानूनको अगाडि कि भ्रष्टाचारी हुन् कि होइनन् । कि दोषी हुन् कि होइनन् ’, उनले भने ।
यस्तै उनले धनीलाई एउटा कानून र गरिबलाई अर्को कानून आँफूलाइ मान्य नहुने बताए ।
@nagarik_press भ्रष्टाचारीलाई छोड्दिन, कुनै पार्टीको मलाइ मतलब छैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ #narayanganj