गोरखापत्रमा सुधार- १३ करोड कर चुक्ता, वार्षिक आम्दानीमा १५ करोड बृद्धि
वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य हासिल गर्न संस्थानको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार अभियान आगाडि बढाइएको छ ।
लामो समयदेखि परम्परागत ढर्रा र ढाँचामा चल्दै आएको गोरखापत्र र यसका अन्य प्रकाशननलाई ‘डिजिटल सिफ्ट’ गर्नु आजको आवश्यकता हो। संस्थासँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै हाम्रो प्रयास अब ‘स्मार्ट यात्रा’ तर्फ उन्मुख भइसकेको छ । आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनःसंरचनासहित गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुनाको गुणस्तरमा अभिवृद्धि गरी संस्थानलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढेका छौं।
गोरखापत्रले ०७५ साल यताको वाँकी १३ करोड ऋण चुक्ता गरेको छ। नेपाल सरकारको नाममा रहेको ७ करोड ऋण पनि चुक्ता गरेको छ। गोरखापत्रको पहुँज अहिले ७७ जिल्लामा सहज भएको छ। वितेको आर्थिक वर्षमा २६ प्रतिशतले (१५ करोड) आम्दानी बृद्धि भएको छ।
- संस्थानसँग उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन तथा संस्थानको आन्तरिक प्रशासन तथा पद्धतिमा गरिएको व्यापक सुधारसँगै सम्पादकीय उत्पादन (गोरखापत्र दैनिक, दि राइजिङ नेपाल तथा अन्य प्रकाशनहरु) को डिजाइन लेआउटमा गरिएको परिवर्तन तथा कनटेन्टको प्रस्तुति एवं गुणस्तरमा भएको अभिवृद्धिको स्पष्ट सकारात्मक प्रभाव संस्थानको आम्दानीमा देखिएको छ । अघिल्लो वर्षको तुलनामा वितेको आर्थिक वर्ष मा २६ प्रतिशतले (१५ करोड) आम्दानी बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा वार्षिक आम्दानी ५७ करोड भएकोमा वितेको आर्थिक वर्ष ७९/८० मा ७२ करोड आम्दानी प्राप्त भएको छ। आर्थिक मन्दीसँगै विज्ञापनको बजार खुम्चिँदै गएको अवस्थामा संस्थानको कमाइमा देखिएको उल्लेखनीय प्रगतिबारे मन्त्रालयमा आयोजितसमीक्षा बैठकमा पनि चर्चा र प्रशंसा भएको थियो । सुधारसँगै आन्तरिक नियमन तथा सुशासनमा कडाइ गरेर मितव्ययीता अपनाएकोले यो प्रगति संभव भएको हो । संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत निकायमा यसरी सबैभन्दा आम्दानी बढाउनेमा गोरखापत्र संस्थान नै पहिलो भएको छ ।
- संस्थानको वित्तिय प्रणाली तथा वित्तिय अनुशासनको अवस्था पहिले नाजुक थियो । सरकारलाई तिर्नुपर्ने ऋण ब्याज समयमा चुक्ता नगरिएको, लेखापरीक्षण सम्पन्न नगरिएको र करको दायित्वसमेत बाँकी रहेको अलि भद्रगोल अवस्था थियो । अघिल्ला आर्थिक वर्षहरुको बाँकी लेखापरीक्षण सम्पन्न गरेर सरकारलाई तिर्नुपर्ने साँवा ब्याज बुझाएर, कर दायित्वसमेत फस्र्योट गरेर संस्थानको वित्तिय प्रणलीलाई लिकमा ल्याउने कोसिस गरिएको छ । वितेको आर्थिक वर्षमा मात्रै २०७५ साल यताकै वाँकी कर बापतको दायित्वसमेत गरी करिव १३ करोड कर चुक्ता गरिएको छ । संस्थानको नाममा रहेको नेपाल सरकारको ७ करोड ऋण चुक्ता गरिएको छ ।
न्यूजपोर्टलसहित नयाँ डिजाइनको डिजिटल प्लेटफर्म पनि हामीले लन्च गरिसकेका छौं । सामाजिक संजालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास हामी गरिरहेका छौं । अब हाम्रो जोड डिजिटल प्लेटफर्मको आक्रमक विकासतिर छ।
- ३ लेखाप्रणालीलाई अझ वैज्ञानिक र जवफदेही बनाउनका लागि विज्ञ सेवा खरिद गरी नेपाल लेखामान प्रणाली NFRS प्रणालीमा प्रवेश गर्न सफल भएका छौं । NFRS अनुसार लेखापरीक्षण सम्पन्न गरेर महालेखा परीक्षकसमक्ष पेस गरिसकेका छौं । NFRS प्रणालीअनुसार वित्तिय विवरण तयार गरेर लेखापरीक्षण सम्पन्न गर्ने गोरखापत्र संस्थान नै सरकारी स्वामित्वको पहिलो संचार संस्था हो ।
- भुक्तानी, बिलिङ, आम्दानी, करलगायतका आर्थिक कारोबार एवं नियमनलाई वैज्ञानिक र छरितो बनाउने प्रयास गरिएको छ । खरिद गुरुयोजना तथा खरिद कार्ययोजना तयार गरी खरिद प्रणालीलाई तथा अन्य आर्थिक कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइएको छ ।
- गोरखापत्र र राइजिङ नेपालको १९५८ सालदेखि प्रकाशित गोरखापत्रका हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरहरूलाई व्यवस्थित र सुरक्षित रूपमा संग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा संवद्र्धन गर्न डिजिटल अर्काइभको कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ । राष्ट्रिय अभिलेखालय, प्रेस काउन्सिल र मदन पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयलगायत अन्य सरोकारवाला संस्थाहरुसँगसमेत सहकार्य गरिएको छ । संस्थानभित्रै डिजिटल अर्काइभका लागि अत्याधुनिक ल्याब समेत स्थापना भएर काम सुरु भएको छ । डिजिटल अर्काइभसँगै पुराना सामग्रीको प्राप्ति तथा प्रयोगलाई डिजिटल माध्यमबाट सहज पहुँच उपलब्ध गराएर आम्दानी बढाउने दीर्घकालीन अवधारणासमेत तयार गरिएको छ ।
NFRS प्रणालीअनुसार वित्तिय विवरण तयार गरेर लेखापरीक्षण सम्पन्न गर्ने गोरखापत्र संस्थान नै सरकारी स्वामित्वको पहिलो संचार संस्था हो ।
- संस्थानले उठाउन बाँकी बक्यौतामध्ये गएको वर्षमा ६ करोड फस्र्योट भएको छ । बाँकी बक्यौता व्यवस्थापन तथा असुलीका लागि विशेष कार्यदल बनाएर अध्ययन गरी कार्ययोजनासहित काम थालिएको छ भने बेरुजू न्यूनीकरणका लागि आन्तरिक नियन्त्रण र नियमन प्रणालीलाई प्रभावकारी बनाइएको छ ।
- निकै कमजोर रहेको डिजिटल प्लेटफर्ममा व्यापक सुधार गरिएको छ । २०७९ वैशाख १ गतेदेखि गोरखापत्र र राइजिङ नेपाल दुवैको न्यूज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डेभलपमेन्ट तथा डिजाइनसहित प्रस्तुत गरिएको छ । न्यूजपोर्टलसहित नयाँ डिजाइनको डिजिटल प्लेटफर्म पनि हामीले लन्च गरिसकेका छौं । सामाजिक संजालमा हाम्रो उत्पादनको मर्यादित उपस्थितिलाई अझ प्रभावकारी बनाउने प्रयास हामी गरिरहेका छौं । अब हाम्रो जोड डिजिटल प्लेटफर्मको आक्रमक विकासतिर छ।
- सम्पादकीय उत्पादनलाई प्रभावकारी बनाउनका लागि स्मार्ट न्यूज रुम तयार गरेर जनशक्तिमा प्राविधिक सिप र व्यवसायिक दक्षता अभिवृद्धि गर्ने काम भएको छ । न्यूजरुम, विज्ञापन, आर्थिक कारोबार, भण्डार, वितरणलगायतका कामहरुलाई प्रविधिसँग जोडेर थप प्रभावकारी र विश्वसनीय बनाउन अन्तराष्ट्रिय स्तरको सफ्टवेयर खरिद गरी सम्पूर्ण कार्य प्रणाीलाई स्मार्ट बनाउने पहल थालिएको छ । हाम्रो दैनिक कार्य प्रणालीलाई डिजिटल सिस्टमबाट संचालन गर्न एकीकृत कार्यव्यवस्थापन प्रणाली (अफिस अटोमेशन) मा हामी समायोजित भइसकेका छौं । डिजिटल एकीकृत कार्यव्यवस्थापन प्रणाली अभ्यास गर्ने हामी नै पहिलो संस्थान भएका छौं।
- वितरण प्रणालीलाई प्रभावकारी बनाउँदै प्रकाशनहरुको पहुँच विस्तार गरिएको छ । अहिले ७७ जिल्लामा गोरखापत्रको पहुँच सहज भएको छ । सय वर्षका लागि ग्राहक बन्ने नयाँ अभ्यास सुरु भएको छ ।