प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै

No ads found for this position
No ads found for this position

काठमाडौं- सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जनाएको छ ।

काठमाडौं- विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै पाउने भएका छन् ।

आइतबार परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग आउनुपर्ने बाध्यता रहेको थियो । अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसाको बचत भएको परराष्ट्रमन्त्री साउदले बताए । सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ बनाउन प्रयास गरेको उनको भनाइ छ।

विभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको थियो । सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *