राष्ट्रमा ठूलो संकट छ, राष्ट्रिय सहमतिको सरकार बनाऔँ : मन्त्री किराँती

No ads found for this position
No ads found for this position

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताए ।

मन्त्री किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए । उनले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए ।

उहाँले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने बताउनु भयो । मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताउनु भयो ।

मन्त्री किराँतीले भने, ‘हाम्रो अहिलेको सबभन्दा ठूलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो । हाम्रो प्रमुख सत्रु भनेको अशिक्षा हो । एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन । भ्रष्टाचार साझा सत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो ।’

उनले अहिले राष्ट्रिय सहमतिको सरकारतिर प्रचण्ड नेतृत्वमै बनाऔँ बनाउन अपिल गर्दै भने, ‘किनभने यही नेतृत्वमै देखियो अफ्यारो परेको बेला निकास दिनसक्ने । उस्तै परे भत्काउन पनि आँट गर्नसक्ने । त्यसो भएको हुनाले यही नेतृत्वमा पहिला राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔँ । राष्ट्रमा यति ठूलो संकट छ । राष्ट्रिय सहमतिको सरकार बनाउँदाखेरी थुप्रै राजनीतिक पार्टीहरुले भाग लिदाँखेरी सरकारमा अटाउनुपर्ने अवस्था आयोभने सबभन्दा पहिले हामीले त्याग्न तयार हुनेछौँ । सबभन्दा पहिले म त्याग्न पनि तयार हुनेछु ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *