बर्खा सकिएपछि भ्रष्टाचारविरुद्ध लाखौं मान्छे सडक उतार्छु : प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बर्खा सिद्धिए लगत्तै सडकमा लाखौं जनतालाई उतार्ने बताएका छन् ।

बिहीबार सुर्खेतमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘बर्खा सिद्धिए पछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियता र सामाजिक न्याय पक्षमा, भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाउनु पर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो ।’

प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियानमा लाग्दा सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको बताए ।

उनले भने, ‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन मात्र सरकार भए ठीकै छ र १ महिना मात्र भए पनि ठीकै छ । राम्रो काम गर्छु, राम्रो काम गर्दा कसले हटाउदो रहेछ हेर्छु । हटाए सरकार छोड्न गाह्रो मान्दिन ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *