अर्थतन्त्रमा आएका समस्याको समाधान हुने गरि काम भइरहेको छ : अर्थमन्त्री महत

No ads found for this position
No ads found for this position

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज को २५औं वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।

महतले भने, ‘अर्थतन्त्रमा केही समस्या छन् । विविध कारणबाट आएका यी समस्याको समाधानको आवश्यकता छ। राज्य संयन्त्रबाट जहाँ कमी कमजोरी भएको छ त्यहाँ सुधारका लागि निरन्तररुपमा लागिपरेका छौं । केही सिमितताका बाबजुद अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ ।’

अर्थमन्त्री महतले राज्य संयन्त्रका सबै अङ्गले एउटै लयमा एउटै लक्ष्यका लागि काम गर्न नसक्दा जानेर वा नजानेर गर्न नसक्दा पनि समस्या आएको बताए । उनले भने, ‘निजी क्षेत्रमा लगानीको जोखिमलाई वास्तविकताको धरातलमा रहेर यथार्थ मूल्याङ्कन गर्न आवश्यक छ ।’

निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उनले बृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लग्नुको महत्वबारे स्पष्ट पारे । यस्तै निजी क्षेत्रले आत्मनियमन अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *