गैरपत्रकारलाई सदस्यता वितरण गर्ने काम नरोकिए पत्रकार महासंघमा ताला लगाउँछौं: गणेश बस्नेत

No ads found for this position
No ads found for this position

काठमाडौं- एमाले निकट प्रेस चौतारी नेपालले गैर पत्रकारलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरेको भन्दै नेपाल पत्रकार महासंघप्रति आपत्ति जनाएको छ ।

चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्द विपरित गएर पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिएको भन्दै नेपाल पत्रकार महासंघप्रति आक्रोश व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा प्रेस चौतारी नेपाल, बामगती प्रदेश समितिले प्रकाशित गरेको सम्पर्क डायरी सार्वजनिक गर्दै उनले पत्रकार महासंघले क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापकजस्ता गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिरहेकाले त्यस बिरुद्ध महासंघको कार्यालयमा तालाबन्दी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए ।

अध्यक्ष बस्नेतले पत्रकार शुद्धीकरण अभियान अन्तर्गत तयार पारिएको १५ बुँदे मापदण्ड विपरित महासंघले वितरण गरेको सदस्यता आफ्नो संगठनलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए ।

उनले भने, ‘मापदण्ड विपरित गएर सदस्यता वितरण गर्ने काम पत्रकार महासंघले गरेको छ । त्यस बिरुद्ध चौतारीले महासंघको कार्यालयमा गएर तालाबन्दी गर्नुपर्ने अवस्था आउन सक्छ । चौतारीका साथीहरुलाई आस्थाको आधारमा पत्रकार महासंघको सदस्यबाट हटाइएको छ ।’

कार्यक्रममा चौतारीको वागमती प्रदेश समितिले दोलखाका विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई क्रियाशील पत्रकारिता पुरस्कार वितरण गर्ने जानकारी गराएको छ । समितिका अध्यक्ष शरद सापकोटाले यस वर्षको उत्कृष्ट जिल्ला पत्रकारिता पुरस्कार भने प्रेस चौतारी नेपाल रामेछाप जिल्ला कार्य समितिलाई वितरण गर्न लागिएको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *