प्रधानमन्त्रीले अराजक मच्चाउनुभयो, अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : शेखर कोइराला

No ads found for this position
No ads found for this position

चितवन- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीसँग चुनावमा सहकार्य गर्नु ठुलो भुल भएको बताएका छन्।

उनले मेची देखी महाकाली सम्मका कार्यकर्ताको एउटै आवाज कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणाा आएको बताएका छन्।

उनले  भने, ‘देशको प्रधानमन्त्री अराजक भई सके। बाहाँले आदिवासी जनजाति दिवसको दिन मलाई जिताइनुस् म जातीय राज्य दिन्छु भन्नुभयो। बाहाँ पार्टीको सभापतिको हैसियतले बोलेको भए मलाई केही अप्ठेरो हुने थिएन तर देशको प्रधानमन्त्रीले यस्तो बोल्न मिल्दैन ।’

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै डा. कोइरालाले कांग्रेसका ९ जना मन्त्री यो सरकारमा भए पनि प्रधानमन्त्री नै निर्णायक हुने भएकाले अहिलेको संकट यो सरकारबाट पार नलाग्ने बताए ।

कतिपय ठाउँमा जातीय र धार्मिक दङ्गा मच्चिन थालेको र यसमा प्रधानमन्त्रीले समेत जातीय राज्यको वकालत गरेर जनतालाई भड्काएको उनको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *