नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

नेम्वाङको निधनपछि आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

नेम्वाङ राति राति १ बजे घरभित्र शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाइ त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याउँदा राति १:५० बजेको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेर उनको निधन भएको घोषणा गरेका थिए ।

नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिने छ ।

यो पनि पढ्नुस्-

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : सभापति देउवा

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *