प्रधानमन्त्री प्रचण्ड आज न्यूयोर्क जाँदै, यस्ता छन् कार्यक्रम

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने भएको छन् ।

आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विश्व समूदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे प्रचण्डले मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ । आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् ।

यस्तै न्यूयोर्कमा प्रचण्डले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य कर्मचारी रहने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *