तीजमा चेलीहरू माइत आउनु यसको विशेष महत्त्व छ : सभापति देउवा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गरेका छन् ।

उनले नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै समाजमा सौहार्दता र एकतालाई मजबुत तुल्याउन हाम्रा पर्वहरूले योगदान गर्दै आएको बताएका छन् ।

देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रो परम्पराले समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्वित गर्दै आएको उल्लेख गरेका छन् । तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्त्व रहेको उनले बताएका छन्।

सभापति देउवाले यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै शुभकामना दिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *