वैदेशिक रोजगारीमा ठगी- म्यानपावरले ५ लाख असुली कामदारलाई थमाउँछन् १० हजारको रसिद

'फ्रि भिसा र फ्रि टिकटको कुरा गर्दा म्यानपावरले विदेश नजा भन्छन्'

No ads found for this position
No ads found for this position

काठमाडौं- कोशी इन्टरनेशल प्रालिबाट रोजगारीका लागि युएई जान लागेका काभ्रेका भगिरथ सापकोटाले करिब २ लाख रुपैयाँ तिरेको बताएको छन् । फ्रि भिसा र फ्रि टिकटका विषयमा कुरा गर्‍यो भने एजेन्ट र म्यानपावरले डिमाण्ड नै छैन भनेर तर्किने गरेको उनले बताए ।

‘खोई २०७२ सालयता साउदी, कतार र ओमानको रोजगारीमा गएर आए । तर, सबै देश जाँदा २ लाख रुपैयाँभन्दा बढी नै लागत खर्चका नाममा पैसा तिरेको छु । सकेत जति पैसा पनि म्यानपावर एजेन्टले लिन्छन् ।’ उनले भने, ‘सरकारले खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको छ भन्छन् । तर, आफुले त्यो सुविधा लिन पाएको छैन । म्यानपावरले फ्रि भिस र फ्रि टिकटको कुरा गर्दा विदेश नजानु भन्छन् ।’

देशभित्र रोजगारी पाइँदैन म्यानपावरले भनेजति पैसा लिएर यूएई होटलमा काम गर्न जान लागेको उनको भनाइ छ ।

यस्तै, फ्रि भिसा र फ्रि टिकटमा लागू भएको देश कतार १ लाख ९० हजार तिरेर जान लागेको काठमाडौंमा भेटिएका कैलालीका दिनेश चौधरी बताउँछन् । सरकारले लागू गरेको फ्रि भिसा र फ्रि टिकट कामदारका हकमा लागू नभएको चौधरीको गुनासो छ ।

फ्रि भिसा र टिकट सरकारी कागतमा मात्र सिमित रहेको उनले बताए । ‘कतार जान काठमाडौंसम्म आउँदा साढे २ लाखभन्दा धेरै खर्च हुन्छ । म्यानपावरले लागत खर्च भनेर २ लाख लिएको छ । अब नगए के गर्नु देशमा रोजगारी छैन । विदेशीनु पर्ने बाध्यता छ ।’ उनले भने, ‘कतार जान फ्रि भिसा फ्रि टिकट रे त भनेर एजेन्टलाई सोधेको उसले जुन म्यानपावरले पठाउँछ त्यहीबाट जाउ भनेर हप्कायो । खोइ सर हाम्रो हकमा होइन होला फ्रि भिसा र टिकट लागू भएन ।’
चौधरी जबपिलेसम्याट म्यानपावरबाट वैदेशिक रोजगारीका लागि कतार जाने लागेको उनको भनाइ छ ।

सापकोटा र चौधरी त काठमाडौंमा भेटिएका प्रतिनिधि पात्र मात्र हुन्। उनीहरुजस्ता वार्षिक १० हजार कामदार फ्रि भिसा र टिकटका नाम ठगिने गरेको वैदेशिक रोजगार विभागले नै जनाएको छ ।

खाडीका देश र मलेसिया जाने कामदारले प्रतिव्यक्ति देशैपिच्छे ८० हजारदेखि ४ लाखसम्म तिर्ने गरेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक अध्ययनमा भनिएको छ ।

मलेसिया र खाडीका देश जाने कामदारलाई फ्रि भिसा र फ्रि टिककका बारेमा जानकारी भएपनि उनीहरु धेरै पैसा तिरेर सरकारले फ्रि भिसा र फ्रि टिकट लागू गरेका देश जान्न बाध्य छन् ।

सरकारले वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया जाने कामदारका हकमा २०७२ सालदेखि फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो । श्रम मन्त्रालयले लागू गरेको फ्रि भिसा र टिकटका विषयमा वैदेशिक रोजगारीमा ती देश जाने श्रमिक प्राय जानकार छन् ।

कतार, मलेसिया, साउदी, यूएई, कतार कुवेत, बहराईन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकटबापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति श्रम मन्त्रालयले ८ वर्षअघि लागू गरेको थियो ।

सरकारले लागू गरेको फ्रि भिसा र फ्रि टिकटका विषयमा सवै कामदार जानकारी भएपनि उनीहरु चर्को रकम तिरेर विदेशिन बाध्य रहेका छन् । वैदेशिक रोजगारीमा जान नपाउने डरले आफुले तिरेको पैशाका बारेमा कामदार नखुलाउने गरेको वैदेशिक रोजगार विभागका कर्मचारीहरु बताउँछन् ।

युएईको सुरक्षा गार्डमा जाने कामदारसँग म्यानपावरले ५ लाखसम्म उठाउदै आएका छन् । यसरी कामदारसँग उठाएको पैसा एजेन्टले ३० प्रतिशत लिने गरेको पाइएको छ । सरकारले तोकेभन्दा धेरै पैसा म्यानपावरले कामदारसँग लिएपनि उनिहरुलाई १० हजारको मात्र रसिद दिने गरेको पाइएको छ ।

सरकारले फ्रि भिसा र फि टिकटका विषयमा रोजगारदाता देशसँग पनि छलफल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बताएका छन् । सरकारले तोकेभन्दा बढी पैसा लिने म्यानपावरसँग घटनाको प्रकृति हेरेर कानूनी कारवाही अघि बढाउने गरेको उनले बताए ।

‘रोजगारीको खोजीमा रहेका कामदारले विदेश जानुअघि लाखौं तिर्ने पनि तयार हुन्छ । समस्यामा परेपछि मात्र यति रकम एजेन्ट र म्यानपावरलाई तिरेको भन्दै विभागमा आउने गरेका छन् । समस्या रोजगारीको खोजीमा जाने कामदारमा पनि छ ।’ उनले भने, ‘विभागले फ्रि भिसा र फ्रि टिकटका नाममा धेरै पैसा लिने म्यानवार र एजेन्टलाई कारबाही गदै आएको छ । धेरै रकम म्यानपावरलाई बुझाएपनि सरकारले तोकेको रसिद मात्र कामदारले लिने भएका कारण कतिपय मुद्दामा कारवाही गर्न समस्या हुन्छ ।’

फ्रि भिसा र फ्रि टिकट नै लागू भएको देश जाने कामदार ठुलो रकम ठगिएको उजुरी लिएर दैनिक विभाग धाउने गरेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारले म्यानपावर कम्पनीसम्म आइपुग्नु अघि नै एजेन्टलाई पेश्की स्वरुप प्रतिव्यक्ति २० देखि ३० हजार रुपैयाँका दरले एजेन्टलाई बुझाउने गरेका छन् ।

फ्रि भिसा र फ्रि टिकट नै लागू भएको देश कामदार पठाउने मासिक ३ सयभन्दा बढी म्यानपावरले बढी रकम लिएको उजुरी आउने गरेको विभागले जनाएको छ । उजुरी परेका म्यानपावरको काम कारवाही रोकेर छानविन हुने गरेको विभागको भनाइ छ ।

४ लाख लागत खर्च लिएपनि १० हजारको रसिद

सरकारले २०७२ सालमा मलेसिया, कतार, साउदी, यूइई ओमान, बहारइन र कुवेत जाने कामदारको हकमा फ्रि भिसा र फि टिकट लागू गरेको थियो ।

खाडीका देश र मलेसिया जाने कामदारले प्रतिव्यक्ति देशैपिच्छे ८० हजारदेखि ४ लाखसम्म तिर्ने गरेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक अध्ययनमा भनिएको छ ।

युएईको सुरक्षा गार्डमा जाने कामदारसँग म्यानपावरले ५ लाखसम्म उठाउदै आएका छन् । यसरी कामदारसँग उठाएको पैसा एजेन्टले ३० प्रतिशत लिने गरेको पाइएको समेत मन्त्रालयकै अध्ययनमा उल्लेख छ । सरकारले तोकेभन्दा धेरै पैसा म्यानपावरले कामदारसँग लिएपनि १० हजारको मात्र रसिद दिने गरेको स्यंम उनीहरु बताउँदै आएका छन् ।

वैदेशिक रोजगारीमा वार्षिक साढे १ अर्ब ठगी हुँदै आएको विभागको तंथ्याकमा छ । वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै दैनिक करिब २ सय कामदार समस्या लिएर आउने गरेको विभागले जनाएको छ ।

युएईको सुरक्षा गार्डमा जाने कामदारसँग म्यानपावरले ५ लाखसम्म उठाउदै आएका छन् । यसरी उठाएको पैसामा एजेन्टले ३० प्रतिशत लिने गरेको केही म्यानपावरहरुले बताउँछन् ।

वैदेशिक रोजगारीको खोजीमा रहेका श्रमिकले एजेन्टलाई राहदानी बुझाउने गरेका छन् । कामदारले म्यानपावर र एजेन्टसँग राहदानी फिर्ता माग्दा प्रति राहदानी ३० हजारसम्म माग्ने गरेको पीडितले विभागमा उजुरी गर्दै आएका छन् ।

हाल, वार्षिक वैदेशिक रोजगारीमा साढे १ अर्ब ठगी हुँदै आएको विभागको तंथ्याकमा छ । वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै दैनिक करिब २ सय कामदार समस्या लिएर धाउने गरेको विभागले जानकारी दिएको छ ।

रोजगारीको खोजीमा अथवा वैदेशिक रोजगारीमा जाने कामदारले म्यानपावर कम्पनीसम्म आइपुग्नु अघि नै एजेन्टलाई पेश्की बुझाउने गरेको पाइएको छ । रोजगारीका खोजीमा रहेका कामदारले प्रतिव्यक्ति २० देखि ३० हजार रुपैयाँका दरले एजेन्टलाई बुझाउने गरेको पाइएको छ ।

वैदेशिक रोजगारमा जाने कामदारसँग कति पैसा तिरेर जान लागेको भनेर विभागबाट अनुगमनमा खटिएको टोलीले सोध्दा वास्ताविक जानकारी नदिने गरेको विभागले जनाएको छ ।

यो पनि पढ्नुस्-

१) भिजिट भिसामा सेटिङ- पैसा नपुगे अध्यागमन प्रहरीले विमानस्थलमै समाउँछन्

२) वैदेशिक रोजगारको गन्तव्य बन्दै युरोप, वार्षिक १ लाख कामदार पठाउन सकिन्छ: व्यवसायी

३) वैदेशिक रोजगारीमा झुटो विज्ञापनको बिगबिगी, सरकारी लोगो प्रयोग गरी मासिक ९ करोड ठगी



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *