दुर्गा प्रसाईको महाअभियानमा जनताको समर्थन, तस्बिरमा हेर्नुस्

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ कार्यक्रम देशभर चलिरहेको छ । प्रसाईको महाअभियानमा उठाइएका एजेन्डा अहिले जनआवाज बन्न थालेको पाइएको छ ।

गत वर्षदेखि प्रसाईले हिन्दुराज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक बन्द, २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन गरेका थिए ।

झापाका व्यवसायी प्रसाईले सुरु गरेको आन्दोलनमा पछिल्लो समय जनताको आवाज र उनको महाअभियानमा ठुलो भीड पनि बढ्न थालेको छ । देशका विभिन्न स्थानमा भएका आमसभाहरु आम नागरिकको सहभागिता समेत राजनीतिक दलको जत्तिकै देखिन थालेको छ ।

नेपाली बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्धमा उनले २ वर्षयता आवाज उठाउँदै आएका छन् । गत फागुनमा पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको  उनको महाअभियान अहिले देशभर चलिरहेको छ ।

प्रसाईले र्‍याली-कोणसभा गर्ने, देशका विभिन्न स्थानमा आमसभा र कोषणासभा गदै आएका छन् भने चाँडै देशभर आन्दोलन समेत सुरु गर्ने बताएका छन् ।

पछिल्लो समय बैंकहरुले आफु खुशी मनपरी ढंगले ब्याजदर बढाएर उद्योगी व्यवसायीहरुलाई मर्कामा पारेको, धितो लिलामीको सूचना निकालेर हैरान पार्दै व्यवसायीलाई कालो सूचिमा राखेर मानमर्दन भइरहेको विरोधमा प्रसाईले चर्को आवाज उठाउँदै आएका छन् । उनका यीनै एजेन्डालाई राष्ट्रव्यापी रुपमा उठाएर आन्दोलन गर्नेपक्षमा प्रसाईका समर्थक छन् ।

बैंक, लघु बित्त र सहकारीहरुको चक्रवर्ती ब्याजमा परेर आज सम्म धरै नागरिकहरुले रुखमा डोरीको पासो लगाई झुण्डिने, शारिरमा पेट्रोल खन्याई आगो लगाउने, विष सेवन गर्ने जस्ताकार्य गरी आत्महत्या गर्न विवश भएका छन् । अझै लाखौं नागरिककहरुले अत्माहत्या गर्नुपर्ने स्थीति सिर्जना भइहरहेको प्रसाई बताउँछन् ।

५५ जना व्यापारिक घरानाले ४० अर्बभन्दा बढी नीजि बैंकहरुमा कृषि कर्जाका नाममा अनुदान लिएको प्रमाण भएको प्रसाईको दाबी छ । यो विषयमा सरकारको ध्यानाकर्षण गराइरहेको छु । तर, सम्बन्धीत पक्ष आँखा चिम्लिएर बसेको उनको आरोप छ ।

‘अनुदान पनि बैंक, व्यापारिक घराना र मारवाडीहरुले सेटिङमा दुरुपयोग गर्दा वास्तविक कृषकले अनुदान पाएका छैन । यो सबै राष्ट्र बैकको तथ्यांकमा छ ।’ उनले भने । प्रसाईले एक वर्षअघि उठाएका एजेन्डा अहिले राष्ट्र राजनीतिकमा बहस समेत भइरहेको छ ।

सरकारमा सहभागि राजनीतिक दल र अन्य राजनीतिक दलसमेत उनले उठाएको एजेन्डामा सकारात्मक सन्देश दिन थालेका छन् । देशमा एकपछि अर्को घटना उनले भनेजस्तै गरी घट्न थालेपछि प्रसाईप्रति जनताको विश्वास समेत बढेको छ । जनताले पछिल्लो समयमा उनलाई सामाजिक सञ्जालमा सर्वाधिक रुचाएका छन् । उनीसहित केही नेतासँग गरिएको एक सर्वेक्षणमा प्रसाईलाई ६५ प्रतिशत जनताले जनताका लागि बोल्न व्यक्ति भनेर छानेका थिए ।

अर्थतन्त्रमा सिमित मारवाडीको हालीमुहाली

४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरूको आज नेपालमा लगानी मात्र होइन । अर्थतन्त्रमा समेत कब्जा छ । उनीहरुले दैनिक पैसा विदेश लैजाने गरेको प्रमाण आफुसँग भएको प्रसाईले जानकारी दिए ।

४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुकै हातमा छ । यसैको जसका कारण नेपालमा आर्थिक मन्दी देखिएको हो ।  हाल नेपालमा ७/८ खर्ब रुपैयाँ पैसा मात्र भएका कारण देशले आर्थिक मन्दीको सामाना गर्नुपरेको प्रसाईले जानकारी दिए ।
नेपालको अर्थतन्त्रमा बर्माबाट लखेटिएका मारवाडीको मनपरी छ । जसका कारण नेपाली व्यवसायी समस्यामा परेको प्रसाईले औंल्याएका छन् ।

तीनै बर्माबाट छिरेका मारवाडीहरु अहिले भारतीय नोट तस्करी, सुन तस्करी, अवधै लागू औषधी र अन्य अवैध कार्यमा सलंग्न रहेको प्रसाईको उनको दाबी छ । अहिले तीनै व्यापारका नेपाली व्यापारीपनि समस्यामा परेका छन् ।

व्यवसायी प्रसाईले मात्र होइन पछिल्लो समय केही नेपाली ठुला व्यवसायीहरुले यो विषयमा आवाज उठाउन थालेका छन् ।
बैंकको चर्को ब्याजदरका कारण देशभरका ६० प्रतिशत व्यापारिक सटर खाली भइरहेका छन् । दशैंपछि यो दर बढेर ८० सम्म पुग्ने र व्यापारी पलायन हुने उनको प्रसाईको दाबी छ ।

ललिता निवास प्रकरणमा नेपाली व्यवसायी चाँही पक्राउ परे भने मारवाडी आरोप भोगेर कानुनबाट बेचेकोप्रति प्रसाईको आपत्ति छ । सुनतस्करी, साप तस्करी, लागू औषधी, मल, तरकारी, कपडा, सुपारी, चामल, अमेरिकी र भारतीय नोट  स्करीमा संलग्न मारवाडी व्यापारीले नेपालबाट ठुलो पैसाको हिस्सा लिएर भाग्ने तयारीमा रहेको व्यवसायीहरु नै बताउँछन् ।

यो पनि पढ्नुस्

डुब्न लागेका कम्पनीहरूको शेयर बेचेर केही तस्कर व्यापारी दशैं-तिहारलगत्तै नेपालबाट भाग्दैछन्: दुर्गा प्रसाई



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *