एमाले बागमती अधिवेशनमा नुवाकोटबाट युवा क्लस्टरमा घिमिरेको उम्मेदवारी

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रदिप घिमिरे प्रथम बागमती अधिवेशन अन्तगर्त नुवाकोट जिल्लाबाट युवा प्रतिनिधित्वको सदस्य पदमा उम्मेवार दिएका छन् । उनले खुलाको युवा क्लस्टरमा उम्मेदवार दिएका हुन् ।

‘समुन्नत समाज पार्टी परिवर्तन युवाहरुको भुमिका अभियान’को नाराका साग घिमिरेले उम्मेदवारी दिएका हुन् ।

बागमती प्रदेश कमिटीको प्रथम ऐतिहासिक अधिवेशनमा नुवाकोट जिल्लाबाट युवा क्लस्टर सदस्य उम्मेदवारी दिएको उनले बताएका छन् । अहिलेको अवस्थामा युवाले राजनीतिमा पाइला र विकासका लागि आवाज उठाउनुपर्ने आवश्यक रहेको उनले बताए ।

‘देशमा युवाविहिन भएको अवस्थामा हामी देशभित्र केही गर्नुपर्छ भन्ने पार्टीलाई सल्लाह सुझाव दिनुपर्छ । यो अहिलेको आजश्यकता हो । नेपालको राजनीतिमा परिवर्तन चाहिएको छ । यसमा युवाको भुमिका चाहिन्छ ।’ उनले भने, ‘राजनीतिममा स्वार्थ र गुटभन्दा माथि देश र विकासको आवश्यकता हुनुपर्छ । यसैमा आफनो जोड छ । मलाई राजनीतिक गरेर स्वार्थभन्दा पनि विकास गर्नु छ ।’

हजुरहरुको अमुल्य साथ र सहयोगको अपिल सबल संगठन निर्माणको आधार बागमती प्रदेश अधिवेशन युवाको उम्मेदवार दिएको हुँ । युवाविन विकास र राजनीति सम्भव नभएको उनको भनाइ छ । सबैलाई मतदान गरेर आफुलाई जिताउन समेत उनले आग्रह गरेका छन् ।

विदुर नगरपालिक -३ बाट गत वैशाखमा भएको स्थानिय निर्वाचनमा वडाध्यक्ष पदमा २२ मतले पराजय भएका घिमिरे अघिल्लो पटक वडासस्दय थिए । घिमिरे राजनीति सँगै सामाजिक कार्यमा पनि काम गदै आएका छन् । घिमिरेले पत्रकारिता र राजनीतिशस्त्रमा डिग्री गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *