पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

No ads found for this position
No ads found for this position

गोरखा- पहिरोले गोरखा-आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

गोरखा नगरपालिका-१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।

पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

सुक्खा पहिरो आएकाले पन्छाउन समय लाग्ने उनले बताए । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ ।

गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *