सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत रकम पठाउँदा १० गुणा बढी पाइने

No ads found for this position
No ads found for this position

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड २०८० को दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसंग पर्वको खुसी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पटाऔँ, दश गुणा बढी पाऔँ’ उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई जनही रु. १ लाख  हरेक हप्ता, ५ जनालाई जनही रु. २५ हजार साथै  ६१ दिन लगातार हरेक दिन १ सय जना विजेताहरूलाई  जनही रु ५ सयको वालेट टप् अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजना रहेको छ ।

कम्पनीका अनुसार यस ‘विदेशबाट सिटी पटाऔँ, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजार भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *