दसैंको अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि

No ads found for this position
No ads found for this position

काठमाडौं- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला असोज २२ गतेदेखि हुने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलबाट यो निर्णय भएको हो।

अग्रिम टिकट बुकिङ खुलासँगै यात्रुहरुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ भने टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने यातायात व्यवस्था विभागले जनाएको छ।

दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

यो वर्षको दसैं असोज २८ बाट सुरु हुन्छ। यसदिन घटस्थापना परेको छ भने दसैंको मुख्य दिन विजयादशमी कात्तिक ७ गते परेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *