मारवाडी व्यवसायीको तस्वीर सार्वजनिक गर्दै प्रसाईले भने, ‘मारवाडीको होइन, तस्कर मारवाडीको विरोध गरेको हुँ’

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले तस्करीमा संलग्न मारवाडीको तस्वीर सार्वजनिक गरेका छन् ।

प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल ग्रुप र संघाई ग्रुपका साहुहरु र उनीहरु संलग्न तस्करीको बारेमा खुलासा गरेका छन् ।

विशाल ग्रुप बैक, बीमा वित्तिय र सहकारीसँगै अन्य क्षेत्रबाट पैशा कमाएको विदेश लागेर लुकाउने गरेको प्रसाईले सार्वजनिक गरेका छन् भने गोल्यान ग्रुपले कृषि, भु–माफिया, बैंक, माटो, मल र अन्य क्षेत्रमा लगानी गर्ने भन्दै तस्करी गरिरहेको प्रसाई सार्वजनिक गरेको तस्वीरमा भनिएको छ । यस्तै, सघाई ग्रुपले पनि यस्तै विभिन्न क्षेत्रमा गरेको लगानीका बहानामा तस्करी गरिरहेको प्रसाईले सार्वजनिक गरेको तस्वीरमा देखाइएको छ ।

हाल देशमा देखिएको विकृतिको मुख्य जड राजनीतिक हो । देशको व्यवस्था परिवर्तनका लागि कात्तिक–मंसिरदेखि राष्ट्रव्यापी आन्दोलन गर्ने तयारी भएको समेत प्रसाईले पत्रकार सम्मेलनमा जानकारी गराए ।

देश एउटा व्यापार गर्ने, त्यहाँबाट पैसा लुटेर विदेशमा लागेर पैसा लुकाउन पनि उहाँहरु नै भएको प्रसाईले पत्रकार सम्मेलनमा बताएका छन् ।

राजनीतिक कुरीति र भष्टाचार शुद्रीकरणका लागि आन्दोलन गर्ने प्रसाईले बताए । ‘नेपालमा राजसंस्था र हिन्दुराज्य नभएका कारण अहिले जनता असुरक्षीत र देश छाडन थालेका छन् । विदेश रोजगारीमा पुगेको नेपाल आंतककारी हमलामा मर्दै छन् । सरकारले वेवास्ता गर्छ । जनता कता जाने छ भन्ने दोधारमा भएका कारण आफुले महाअभियान थालेको हुँ ।’ उनले भने, ‘सरकारले देशमा ठूला भ्रष्टाचार र विकृति मच्चाउने व्यक्तिलाई संरक्षण गरिरहेको छ । नेपाली जनता गाँसवाँसको टुङगो नलाग्ने भएपछि वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । उनीहरुलाई रोक्नुपर्ने बाध्यता छ ।’

देशको कुल निक्षेपको ७० प्रतिशतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा गु्रपले मात्रै १० खर्ब चलाएको छ । जसका कारण हाल देशमा आर्थिक मन्दी सिर्जना भएको प्रसाईको आरोप छ ।

मारवाडी भन्छन् तस्कर मारवाडीका कारण देशमा बस्न सक्ने अवस्था छैन । मारवाडी राकेश अग्रवालले अहिले देशमा सर्वसाधारणले मारवाडीलाई हेर्ने नजर नै फरिएको औल्याएका छन् ।

महाअभियानमार्फत दुर्गा प्रसाईले चलाएको र हाल तस्करी मारवाडीको विरोध गरिरहेको उचित छ । उनीहरुकै कारण हामीमाथि प्रश्न उठेको उनको भनाइ ।

बर्माबाट आएका मारवाडीका कारण रैथाने मारवाडीमाथि तस्करको आरोप लाग्ने गरेको उनले गुनासो गरे । बर्मामा आएका मारवाडी सर्पको छाला, सुपारी, सून र अन्य तस्करीमा संलग्न भएको आरोप लाग्ने गरेको छ । प्रसाईले आज सार्वजनिक गरेको तस्वीर पनि बर्माबाट आएकै मारवाडी र उनीहरुका परिवारको हो ।

मारवाडी समुदाय १९८५ सालमा नेपाल छिरेका थिए । ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरूको आज नेपालमा लगानी
मात्र होइन । अर्थतन्त्रमा पनि कब्जा जमाएर बसेका देखिन्छन् ।

४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेको थियो । बर्मा सरकारले लखेटपछि उनीहरु नेपाल छिरेको नेपाली व्यवसायीहरु बताउँछन् ।

बर्माबाट लेखेटिएका मारवाडीहरु मोती दुगड, नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया, सोहनलाल गोल्यान, पवन गोल्यान र बासु गोल्यानहरु हुन् । बर्मा सरकारले लखेटेपछि नेपाल छिरेका उनीहरुका हातमा हाल नेपालकै अर्थतन्त्र अथवा ४० खर्ब रुपैयाँ रहेको प्रसाईले आरोप लगाउँदै आएका छन् ।

प्रसाईले गत फागुनमा झापाको काँकडभिट्टामा पूर्व राजा ज्ञानेन्द्रसहित राजपरिवारका सदस्यहरुलाई राखेर नागरिक बचाउ महाअभियान थालेका थिए । उनको यो महाअभियानमा अहिले ७७ जिल्लाका नागरिकको सहभागिता बढेको छ ।
गणतन्त्रको बाटो हिँड्दा अभाव सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने उनको माग छ । प्रसाईले राजसंस्थासहितको हिन्दुराज्यको पक्षमा समेत वाकालत गर्दै आएका छन् ।

गत फागुनयता प्रसाईले उठाएका आवाज राष्ट्रिय बहसको विषय बनेको छ । प्रसाईले देशको अर्थतन्त्र केही सिमित व्यापारी, केही मारवाडी, तस्करी र नेपालमा विकृत्ति फैलाउनेको हातमा पुगेको समेत दाबी गर्दै आएका छन् ।

आर्थिक मन्दीका कारण देशभरका व्यापारिक सटर बन्द, देशमा अवसर नपाएर युवा विदेशीदाँ गाँउ–घर रित्तिदै, शैक्षिक कलेज बन्दै हुँदै र गोविन्द केसीको आन्दोलनका कारण नेपालमा पढ्न छाडेर विद्यार्थी विदेशीने क्रम बढेको उनको भनाइ छ ।

प्रसाईले उठाएका समसामायिक विषयमा कानुनीविज्ञ, राजनीतिक विलेश्क, अर्थविद, व्यापारी, कुटनीतिकहरु, युवा र समाजसेवीहले पनि आत्मसाथ गर्न थालेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *