अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्प

No ads found for this position
No ads found for this position

काबुल- अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठुलो क्षति पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तर पश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ ।

आज महशुश गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको बिस्तृत बिवरण भने अझै आईसकेको छैन् ।

अफगानिस्तानमा गत साता अर्थात् ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइ सकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ।

तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकयताकै सबैभन्दा ठुलो भूकम्प भएको बताएको छ । सो भुकम्पमा भएको क्षतिको बिबरण संकलन तथा उद्धारको कार्य जारी रहेको बेला पुनः अर्को भूकम्प गएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *