तामाङ र नेवारी भाषा अब बागमती प्रदेशको सरकारी कामकाजी भाषा

No ads found for this position
No ads found for this position

मकवानपुर- बाग्मती प्रदेशमा नेवारी (नेपाल भाषा) तथा तामाङ भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकले नेपालीसहित नेवारी (नेपाल भाषा) र तामाङ भाषाले सरकारी कामकाजीको भाषा मान्यता पाउने गरी बिधेयक पारित गरेका हुन् ।

यो प्रदेशमा तामाङ र नेवार समुदायको बाक्लो बसोबास रहेको छ, जसअनुसार बागमती प्रदेश सरकारले सो दुई भाषालाइ सरकारी कामकाज बनााउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो ।

उक्त विधेयकलाइ मंगलबार पारित गरे सँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *