इजरायलमा परिवार गुमाएकी भारतीय अभिनेत्री मधुरा नाइकले लेखिन् भावुक स्ट्याटस
मुम्बइ- गत हप्ता प्यालेस्टिनी अतिबादी समूह हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुबै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बीचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।
यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहूदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन् । आजसम्म इजरायल पीडामा छ र सडकमा छ, क्रोधसहित हमासको आगोमा जलिरहेको छ।’ नायिकाले अगाडी भनिन्, ‘महिला, बालबालिका, वृद्ध, कमजोर सबैलाई निशाना बनाइएको छ ।’
उनले आफ्नी बहिनी र आफ्नो परिवारको तस्बिर पोस्ट गरेकी थिइन, त्यसपछि सामाजिक सञ्जालमा उनी ट्रोल भएकी थिइन् । उनले भनिन्, ‘यसले पनि प्यालेस्टाइन समर्थक एजेन्डा कति गहिरो छ भन्ने देखाउँछ। म यहूदी हुँ भनेर मलाई अपमानित गरिएको छ।’
ओडाया र उनको परिवारको घटनाले जारी सबैभन्दा रक्तपातपूर्ण इजरायल-हमास युद्धहरूको क्रूरता देखाउँछ। धेरै बालबालिका अहिले अनाथ भएका छन् र लगातार रकेट आक्रमण र प्रतिशोधात्मक हवाई आक्रमणमा धेरैको मृत्यु भएको छ। यस युद्धका दुवै पक्षका मृत्यु, डर र विनाशको अन्धकारले ढाकेका छन्।
यहुदी कानून बमोजिम शव निकाल्ने परोपकारी संस्था जाकाका स्वयंसेवक मोती बुक्जिनले भने कि हमासका बन्दुकधारीहरूले बिरी किबुत्जमा मात्रै १०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए।