मधेश प्रदेशमा एमालेको अधिवेशन सुरु, ओलीले गरे उद्घाटन

No ads found for this position
No ads found for this position

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

२ सय ३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् ।

प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ भने १ सय ५ जना स्वयंसेवक परिचालन गरिएको एमाले मधेश प्रदेशले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *