एमालेनिकट युवा संघको चेतावनी- दुर्गा प्रसाईको घर फुटाउने धम्की

No ads found for this position
No ads found for this position

काठमाडौं- भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका-६ कमेरोटारस्थित दुर्गा पसाईको घर अगाडी (नेकपा एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले भक्तपुर जिल्ला कमिटीले घेराउ गरेका छन् ।

भक्तपुर जिल्ला कमिटीका केन्द्रीय सदस्य पुष्पराज श्रेष्ठको नेतृत्वमा करिब १०/१५ जनाको समूहले प्रसाईको घर घेराउ गरेका छन् । उनीहरुले प्रसाईको घर फुटाउने धम्की समेत दिएको मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जानकारी दिए । भोली युवा संघले घर फुटाउने धम्की दिँदै नारा लगाएको र अहिले पनि युवा संघले सयौं संख्या मान्छे भेला गरी घर फुटाउन धम्की दिइरहेको उनको भनाइ छ।

प्रसाईका अनुसार झापामा भएको युवा संघको कार्यक्रममा पहिचानवादीहरुले तोडफोड गरेका थिए । त्यो कार्यक्रममा एमालेका नेता महेश बस्नेतपनि सहभागि रहेछन् । यो विषयमा आफुलाई जानकारी नभएको प्रसाईले बताए । युवा संघले आफु र परिवारमाथि नै त्रास फैलाउन खोजेको उनको आरोप छ ।

झापास्थित अर्जुनधारा नगरपालिकामा बस्नेतको कार्यक्रममा प्रसाईंका कार्यकर्ताले बिरोध गरेको र उक्त बिरोधको बिषयलाई लिएर उनको घर घेराउ गरेका थिए ।

प्रसाई झापा भएको बेला उनको घर घेर्न पुगेका युवा संघका कार्यकर्ताले घर फुटाउने समेत धम्की दिएको प्रसाईले जानकारी दिए । ‘देशमा यतिसम्म अराजक भइरहेको छ । नागरिकको बाच्न पाउने अधिकार पनि हनन भइरहेको छ । लोकतन्त्रमा कानुन नै यस्तै हुन्छ । कसैको घर फुटाउने धक्की दिनु कतिसम्मको हो आफु भन्नुहोस् ।’ उहाँले भने । कानुनभन्दा बाहिर गएर जे-पायो त्यही गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।

यस्तै, प्रसाईसँग राजनीतिक प्रतिशोध साधनका लागि त्यस्तो केही नराम्रो नगरेको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए । ‘राज्यको कम्जोरीका कारण आज झापामा भएको युवा संघको कार्यक्रममा तोडफोड भएको छ । यो नै ठुलो कम्जोरी भएको उनले औल्याएका छन् । राज्य अहिले देशमा के भइरहेको छ । यो विषयमा सरकार जानकार हुनुपर्छ । सरकारको कम्जोरीका कारण झापा ६ वटाभन्दा बढी गाडी तोडफोड भएको छ ।’ उनले भने ।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले कालोमोसो छ्यापेको विरोधमा देशव्यापी रुपमा आन्दोलन भइरहेको छ । प्रसाईका समर्थक तथा महाअभियनमा संलग्नसँगै सर्वसाधारणले आन्दोलन गर्दै एमाले अध्यक्ष केपी ओली र कालोमोसो छ्याप्न लगाउने नेता महेश बस्नेतमाथि कारवाहीको माग गरिरहेका छन् ।

प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोल्यान ग्रुप, विशाल ग्रुप र संघाई ग्रुपका साहुहरु र उनीहरुले संलग्न तस्करीको बारेमा खुलासा गरेका छन् ।

पत्रकार सम्मेलनमा सम्बोधन गरी बाहिर निस्किने क्रममा एमालेनिटक युवा संघ र यूथ फोर्सका कार्यकताले प्रसाईलाई कालोमासो छ्यापेका थिए । युवा संघ नेपाल खोटाङका इन्चार्ज विनोद राईको नेतृत्वमा आएको टोलीले प्रसाईमाथि कालोमासो छ्यापेको थियो ।

कालोमोसो छ्यापेको केही समयमा एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा एउटा स्टाटस पोष्ट गरेका थिए । प्रसाईको समर्थकले बस्नेतलाई सामाजिक सञ्जालमा गुन्डा र फटाहा नेता भनेर सामाजिक सञ्जालका प्रयोगकर्ताले अपशब्द समेत गाली गरिरहेका छन् । बस्नेतको पोष्टमा करिब ३ हजारभन्दा बढी कमेन्ट प्रसाईमाथि गरेको ज्यादतीको विरोधमा छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *