महिलाहरुको सम्मान गरेमात्रै कांग्रेसको भलो हुन्छः नेता कोईराला

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘महिलालाई हामीले अवसर र प्राथमिकता दिनैपर्छ । प्रतिशतको कुरा हुँदैन । प्रतिशतको कुरा गरेर उनीहरुको अपमान गर्नु हुँदैन । उनीहरुलाई प्रतिशत होइन, अवसर दिनुपर्छ । बिपी कोईरालाको तीन जना छोरा भइसकेका थिए । म पेटमै थिएँ । एक जनाको मृत्यु भएको थियो । यस पटक छोरी नै पाउँछ भनेर लाग्नुभयो । जन्मिएँ म । तीन वर्षसम्म आइमाईकै लुगा लगाएर बसेँ । त्यसैले होला महिलाप्रति मेरो सम्मान बढी छ । महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ । जसरी भएपनि हामीले महिलालाई अघि बढाउनै पर्छ ।’

नेता कोईरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *