नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नु छ: विश्वप्रकाश शर्मा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने बताए ।

दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताए ।

महामन्त्री शर्माले भने,‘कसैले भन्दैगर्दा पुरानाका दिन गए । पुराना धर्म शाष्त्र पनि हो । पुरानो चाँही यो धर्ती पनि हो । पुराना भन्ने चीज त्यति सजिलै जाँदैन । नयाँ भन्ने पनि मितिले भनेर हुँदैन । विश्वप्रकाश संसदमा पहिलो पटक छ । नयाँ हो । तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नु पर्छ । कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन । नयाँ चाँही प्रवृत्तिमा, संस्कृतिमा हुन्छ । कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैंमा विदाई पनि हुन्नौं । र, शक्तिमा, सरकामा छौं भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं ।’

महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *