दसैंमा धेरै मासु खाँदा हाम्रो सरिरमा हुने नकारात्मक असरलाई कसरी घटाउने ?

No ads found for this position
No ads found for this position

काठमाडौं- दसैंमा प्राय सबै नेपालीको घरको भान्सामा मासु प्रसस्त हुन्छ। दसैंमा परापूर्वकालदेखि नै सिंगै खसी, राँगा, सुँगुर, बंगुर, बोका, भेडा, च्यांग्रा काट्ने र मासु खाने चलन छ।

दसैंमा काटेको खसीबोकालाई धेरै दिनसम्म बिना फ्रिजमा राख्दा बिग्रने र विष सावित हुने डर हुन्छ। फ्रिजको चिस्यानमा राखेमा मासु सुरक्षित रहन्छ।

दसैंमा धेरै खसीको मासु खानाले हाम्रो सरिरमा पर्ने नकारात्मक असरलाई विभिन्न उपायले घटाउन सकिन्छ। खसीको छालामुनि पट्टिको भागमा ज्यादा बोसो (फ्याट) हुने भएकाले यस्तो मासुलाइ हटाउनु उपयुक्त हुन्छ। कुन अंग र भागको मासु हो, त्यसले पनि फ्याट निर्धारण गर्छ।

खसिको तिघ्राको मासुमा फ्याट कम हुन्छ। ढाड र करङमा भने बढी हुन्छ। कलेजो, मिर्गौला, आन्द्रामा पनि फ्याट बढी हुन्छ। तसर्थ कुन भागमा फ्याट कम हुन्छ, त्यसतर्फ जोड दिनुपर्छ।

बोसो बढि भएको भागको मासु खाँदै नखानु राम्रो हो। फ्याट बढी भएको भाग नखाँदा बढि उपयुक्त हुन्छ। मासुमा चिल्लो पदार्थ ज्यादा हुने भएकाले तेलको प्रयोग कम गर्नु पर्छ। तेल सँगै मासुमा नुनको मात्रा पनि कम गर्नुपर्छ।

पकाउने क्रममा मासुबाट निस्कने चिल्लो पदार्थलाई फ्याँक्न सकिन्छ। मासु पकाएर बाँकी रहेको तेल अर्को पटक प्रयोग गर्नु हुँदैन। खाना पाकेपछि मासुको फ्याट ‘ग्रेभी’मा जान्छ। प्रायः सबैलाई त्यही झोल नै सबैभन्दा मीठो लाग्छ। तर, ग्रेभी सकेसम्म कम खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ।

मासुजन्य परिकार खाँदा साग र सलादहरु ज्यादा खानुपर्छ। पेटमा मासु सँगसँगै फाइबर पनि पुग्यो भने त्यसले कोलेस्टेरोल शोषणलाई रोक्छ। मासु खाएपछि केही फलफूल पनि लियौँ भने तिनका फाइबरका कारण शरीरमा नकारात्मक असर नियन्त्रण हुन्छ। फाइबरको अनुपात मिलाएमा सामान्य अवस्थामा भन्दा दोब्बर मासु खाए पनि त्यसले खासै असर गर्दैन।

मासु खाएपछि डेजर्टका रूपमा मिठाईको साटो फलफूल प्रयोग गरेमा फाइदा हुन्छ।

मासु खाँदा कसले सावधानी अपनाउने ?

युरिक एसिड, कोलेस्टेरोल, मोटोपन र ग्यास्ट्रिकको समस्या हुनेले मासु सकेसम्म कम खानुपर्छ । खसी वा अन्य रातो मासुभन्दा कुखुराको मासु राम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ। धेरैमा यसले कोलेस्टेरोल बढाउँदैन भन्ने भ्रम छ। तर, यथार्थमा जुनसुकै जनावरजन्य उत्पादनले कोलेस्टेरोल बढाउँछ। खसी र कुखुरा भन्दा माछा खानु राम्रो हो। तर माछालाई पनि धेरै तेलमा ज्यादा पकाएर खानु भन्दा माइक्रोओभनमा ‘ग्रिल’ गरेर खानु राम्रो हुन्छ। स्वास्थ्यकर मासु पनि पकाउने विधि सही भएन भने अस्वास्थ्यकर हुने खतरा रहन्छ। कोलेस्टेरोल बढी हुनेले अण्डाको पहेँलो भाग खानु हुँदैन। स्वस्थ व्यक्तिले सातामा दुईवटा अण्डामात्रै खानु उपयुक्त हुन्छ।

मासु राम्ररी नपकाइ खाँदा दिमागमा पुग्छ फित्ते जुका

चिकित्सकहरुले मासु राम्ररी पकाएर मात्र खान सुझाएका छन्। चीनमा ४६ वर्षीय निर्माण कामदारलाई मासु राम्रो सँग नपकाइ खानाले छारेरोग देखियोको थियो। त्यो छारेरोग कारण फित्ते जुका देखियो। फित्ते जुका प्राय राम्ररी नपकाइएको मासु खाँदा देखिन्छ।

मानिसमा यो संक्रमण कुनै खाद्यपदार्थका माध्यमले फित्ते जुकाको फुल शरीरभित्र पुगेपछि उत्पन्न हुने गर्छ। यो लार्भा, तन्तु जस्तै मांसपेशी र मस्तिष्कमा पुग्छ र त्यहाँ त्यसले सिस्ट बनाउँछ। त्यो सिस्ट मस्तिष्कमा पुगेको अवस्था न्युरो सिस्टिसर्कोसिस हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *