आज फूलपाती, देशभरका शक्तिपीठमा पूजा गरिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- आज नवरात्रिको सातौं दिन देशभरका शक्तिपीठहरुमा फूलपाती भित्रयाइँदै छ । सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ ।

दसैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको छ।

यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ । कृष्ण वर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरबार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुँइमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबीज नामक दैत्यको संहार गरेकी हुन् ।

फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।

सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *