बझाङमा ४.६ रेक्टर स्केलको भूकम्प
No ads found for this position
No ads found for this position
बाजुरा- सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु भएर गए राति १० बजेर ३ मिनेटमा भूकम्प गएको छ ।
बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेलधुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।
प्रतिक्रिया