गोठाटारमा प्रहरीद्वारा गोली प्रहार गरी दुईजना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजिएपछि करिममाथि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ । उनको दाहिने तीघ्रामा गोली लागेको छ ।

उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *