प्रसाईको पक्षमा जनसागर उर्लिने भएपछि आन्दोलन भड्काउन युवा संघ उकास्दै ओली

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ७ देखि राष्ट्रवादी आन्दोलन गर्दै छन् ।

प्रसाईले घोषणा गरेको आन्दोलमा सबैभन्दा बढी टाउको दुखाई नेकपा एमालेलाई भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रसाईले महाअभियानमार्फत गर्ने आन्दोलनलाई अवरोध गर्न युवा संघलाई उकास्न थालेको पाइएको छ । ओली प्रसाईको आन्दोलन रोक्न गृहमन्त्रालयलाई समेत गुहार्ने थालेका छन् ।

ओलीनिटक नेताहरुले नै प्रसाईको आन्दोलन बिथोल्न विभिन्न जिल्लामा कार्यक्रम सार्वजनिक गर्न थालेका छन् । ओलीले प्रसाईको पक्षमा जनताको समर्थन, साथ र जनसागर उर्लिने देखेपछि ओली झन उनीसँग डराउँदै रुष्ट बन्न थालेका छन् ।

देश र जनताका लागि आफूले सबै कुरा त्यागेर आन्दोलनमा उत्रिएको प्रसाईले जानकारी दिए । आफनो महाअभियानको आन्दोलनलाई एमालेका अध्यक्ष ओली र युवा संघका लागि भारी भएको उनको दाबी छ । राजनीतिक दलले देश र जनतामाथि दमन गर्न नपाउने भएपछि आफ्नो आन्दोलनमाथि आँखा लगाएको उनको आरोप छ ।

‘अब जनता आफु उर्लिर्दै छन् । अहिलेको सत्ता व्यवस्थाले देशमा केही हुनेवाला छैन । त्यही भएर परिवर्तनका लागि आफुले राष्ट्रवादी आन्दोलन गरेको हुँ ।’ प्रसाईले भने ‘आफनो आन्दोलनबाट सबैभन्दा बढी एमाले डराएको छ । त्यही एमाले अध्यक्ष ओली नै आन्दोलन अवरोध गर्न लागि परेका छन् । तर, जनताले एमालेको अवरोध पनि प्रतिकार गर्छन ।’

प्रसाईले आन्दोलन सार्वजनिक गरेपछि युवा संघले पनि मंसिर ७ गते माइती घर मण्डलमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघलाई एमाले नेता महेश बस्नेतले एक भिडियोमा प्रसाईको कार्यक्रम बिथोल्न समेत निर्देशन दिएका छन् । बस्नेत एक भिडियोमा बोल्दै आङकाजी शेर्पा र प्रसाईको कार्यक्रम बिथोल्न युवा संघका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रसाई गत साता नै राष्ट्रवादी आन्दोलन गर्ने घोषणा गरेका थिए । उनको आन्लोदनमा जनसर्मथन सामाजिक सञ्जालमा राम्रो देखिएको छ । जसका कारण पनि अहिले राजनीतिक दल प्रसाईसँग डराउन थालेको पाइएको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने दबाब दिइरहेका छन् । यो विषयमा ओली सार्वजनिक रुपमा नबोलेपनि उनले प्रसाईलाई पक्राउ गर्ने सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) सौदावादी गरिरहेको पाइएको छ ।

ओलीले प्रधानमन्त्रीसँग प्रसाईलाई पक्राउ गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) पास गर्ने सहयोग गर्ने बचन समेत दिएको प्रधानमन्त्रीनिटक नेताहरुले बताएका छन् । ओलीका बारेमा पछिल्लो समय प्रसाईले टिकाटिप्पणी गर्न थालेपछि ओली प्रसाईविरुद्ध खनिन थालेका छन् ।

दसैँअघि प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । प्रसाईंको उक्त आरोपपछि ओली उनीप्रति थप आक्रामक बनेका हुन् ।

प्रसाईले एमाले अध्यक्ष ओलीले भष्ट्राचार गरेको पैशा विदेशमा लगानी गरेको सार्वजनिक रुपमा अभिव्यक्ति दिदै आएपछि ओली र प्रसाईबीच सम्बन्ध बिग्रिएको एमालेकै नेताहरु बताउँछन् ।

प्रसाईले मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा समेत गरेका छन् । प्रसाईले हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुर्नस्थापना गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखी देशव्यापी आन्दोलन गर्दै आएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *