एमाले नेता बस्नेतले परिवारमाथि आक्रमण र मलाई अपहरण गर्न गुन्डा प्रयोग गरे: प्रसाई

'बस्नेतले आफूलाई भक्तपुरको छोटे राजा नै सम्झिएका रहेछन्'

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले एमाले नेता महेश बस्नेतको निर्देशनमा युवा संघले आफूलाई अपहरण गर्ने योजना बनाइरहेको बताएका छन् ।

बस्नेतले भक्तपुरस्थित आफ्नो निवास वरीपरी गुन्डा प्रयोग गरी परिवारमाथि आक्रमणसँगै मलाई अपहरण गर्न योजना बनाइरहेको प्रसाईको आरोप छ ।

प्रसाईले विभिन्न बाहानामा मेरो घरनजिकै युवा संघका गुन्डा प्रयोग गरी परिवारमाथि र आफूलाई अपहरण गर्न योजना बनाइरहेको एमालेकै नेताहरुले मलाई सूचना दिएको उनले बताए ।

‘एमालेका नेता बस्नेतले केही तस्करी व्यापारीसँग पैसा लिएर आफूमाथि खनिएका छन् । उनको हैसियत सबैलाई थाहा छ । मैले तस्करीको विरोधमा बोल्न थालेपछि तीनै तस्करीसँग पैसा लिएर आफ्नो महाअधियानमा अवरोध गदैछन् ।’ उनले भने, ‘बस्नेत एमाले नेता केपी ओलीको निर्देशनमा आफ्नो महाअभियानलाई अवरोध गर्दैछन् । ओलीले पर्दा पछाडीबाट बस्नेतलाई उकासेर युवासँग प्रयोग गरिरहेको प्रष्ट छ । यो विषयमा सबैलाई थाहा छ । तर, एमालेका नेताहरु पनि यो बस्नेतको व्यवहारप्रति सन्तुष्ट छैनन् ।’

एमाले नेता बस्नेतले आफूलाई भक्तपुरको छोटे राजा नै सम्झिएका रहेछन् । तर, उनको व्यवहार भक्तपुरका जनतालाई थाहा भएको प्रसाईको भनाइ छ । बस्नेतले पैसा लिएको उनैलाई पैसा दिने केही तस्करीले सूचना दिएको उनको दाबी छ ।

आफ्नो राष्ट्रवादी आन्दोलनमा राजनीतिक दलका नेताहरुले केही नबोलेको अवस्थामा एमाले मात्र नचाहिँदो फन्डा फैलाउन थालेको र त्यसका बारेमा जनताले बुझिसकेको प्रसाईको बुझाई छ ।

दसैंअघि प्रसाईले एमाले अध्यक्ष ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको एक पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । उनको यो आरोपपछि ओली उनीप्रति थप आक्रामक हुँदै झापामा भएको धेरै कार्यक्रममा गाली समेत गर्न थाले । प्रसाईले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण सरकारसँगै आफूसँग भएको दाबी गरेका थिए ।

प्रसाईले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा गत असोज २२ गते युवा संघका कार्यकर्ताले उनीलाई कालोमोसो छ्यापेका थिए ।

गत असोज २५ गते झापाको अर्जुनधारा नगरपालिका आयोजित युवासंघको कार्यक्रमा प्रसाई समर्थकले २५ भन्दा बढी गाडी तोडफोड गरेको युवा संघको आरोप छ । उक्त कार्यक्रममा एमाले नेता बस्नेत पनि सहभागी थिए । बस्नेत सहभागी कार्यक्रममा पहिचानवादीले गाडी तोडफोड गरेको जिम्मा लिएका थिए । युवा संघले भने, प्रसाईका सर्मथक कार्यक्रमस्थलमा प्रवेश गरी गाडी तोडफोड गरेको आरोप लगाए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *