जाजरकोट भूकम्पमा परि पुरिएका सामानहरू निकाल्दै स्काउट (फोटो/भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल स्काउट जाजरकोट भूकम्पमा परि भएको मानवीय र भौतिक क्षतिको उद्धारमा लागेको छ ।

भूकम्पमा परि पुरिएका गर-गहना, लत्ता कपडा, पैसा, चामल, ग्यास चुलो, खाद्यान्न, मोबाइल लगायत सामानहरू निकाली स्काउटले पीडित परिवारका सदस्यहरूलाई जिम्मा लगाएको छ ।

दुखको बेलामा गरेको यो सहयोगको कामलाई जाजरकोटका स्थानीयहरूले नेपाल स्काउटलाई धन्यवाद दिएका छन्।

नेपाल स्काउट टिमलाइ धेरै-धेरै धन्यवाद दिन चाहन्छु । एक स्थानीयले भनिन्, ‘भूकम्पले धेरै जन-धनको खर्च भएको थियो । पैसा पनि पुरिएको थियो । पैसा निकाल्न पनि स्काउटले सहयोग गर्यो । बिहानदेखि खटेर बाहाँहरूले पुरिएका मोबाइलहरु, सुन, लुगाफाटो सप्पै निकालिदिनु भएको छ । यसरी खटेर हामीलाई सहयोग गर्नुभएकोमा सबैलाई धन्यावाद दिन चाहन्छु ।’

जाजरकोट जिल्लाको रामीडाँडामा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। घाइते भई सङ्कटमा परेका परिवारको उद्धार र अन्य मानवीय सहयोगमा निरन्तर लागि पर्ने नेपाल स्काउटले जनाएको छ ।

भिडियो:

@nagarik_press

जाजरकोट भूकम्पमा परि पुरिएका सामानहरू निकाल्दै स्काउट #nepalscout #jajarkotearthquake

♬ original sound – Nagarik Press



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *