राष्ट्रपतिद्वारा बहिनी शारदा र चन्दाको हातबाट तिहारको टीका ग्रहण

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन्।

राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उनले बहिनीहरूको हातबाट टीका ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो । यहि साइत अनुसार राष्ट्रपतिले टीका लगाएका हुन्।

तिहार अर्थात यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीहरुले दाजुभाइहरुलाई र दाजुभाइहरुले दिदीबहिनीहरुलाई टीका लगाइ दिन परम्परा छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *