महिला टि-२० सिरिज: जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा
No ads found for this position
No ads found for this position
काठमाडौं- नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो ।
यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।
सिरिजमा समूह चरणमा नेपालले जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समूह चरणका तीनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार व्यहोरेको छ ।
यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।
प्रतिक्रिया