मंसिर ७ मा हुने प्रसाईको आन्दोलनमा पुर्वराजा ज्ञानेन्द्र शाहको समर्थन

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ७ गतेदेखि अहिलेको व्यवस्थाविरुद्ध आन्दोलन गर्दैछन् । प्रसाईको आन्दोलनबाट सत्ता पक्ष र प्रतिपक्ष नै डराइरहेको अवस्था छ ।

यस्तो अवस्था सिर्जना भइरहेको बेला प्रसाईको आन्दोलनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अप्रत्यक्ष समर्थन गर्ने पाइएको छ ।

गत फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारस शाहलाई बोलाएर कार्यक्रम गरेका प्रसाईको आन्दोलनमा राजाको समर्थन रहेको राजानिकट स्रोतले जनाएको छ । पूर्वराजाको विश्वास पनि प्रसाईमाथि रहेको स्रोतले जानकारी दियो ।

गत फागुन १ गते प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक बिदा नै घोषणा गरेर ‘जनयुद्ध’ दिवस मनाइरहँदा पूर्वी नेपालको झापामा पूर्वराजा ज्ञानेन्द्र शाह, उनका छोरा पारस र राजपरिवारका अरु सदस्यहरूलाई एउटै मञ्चमा राखेर व्यवस्था परिवर्तनको ‘महाअभियान’ घोषणा गरिरहेका प्रसाईको पक्षमा जनसर्मथन अहिले व्यापक भइरहेको छ ।

‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔं महाअभियान’ नाम दिइएको यो आन्दोलनको सुरुवात मंसिर ७ गते राजधानीबाट हुनेछ । त्यसका लागि प्रसाईं र उनको समूहले ब्यापक तयारी समेत गरिरहेको र आन्दोलनका लागि उपत्यका मान्छे भित्रिने क्रम सुरु भएको छ ।

प्रसाईको आन्दोलनमा ३ लाख नागरिक सहभागि हुने गृहमन्त्रालयको अनुमान छ ।

करिब एक महिनाअघि नै देशभरिबाट मान्छे ल्याएर काठमाडौंमा आन्दोलनको सुरुवात गर्ने घोषणा गरेका प्रसाईं यतिबेला त्यही अभियानमा व्यस्त छन् ।

अहिलेको आन्दोलन देश र जनताका लागि भएको प्रसाईले बताएका छन् । नेपालमा अहिलेको सत्ता, राजनीतिक दल र यीनै व्यक्तिले शासन रहे जनता भोकै मर्ने उनको दाबी छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *