सेना र कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेकाे छः केपी ओली
No ads found for this position
No ads found for this position
डडेल्धुरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाईरहेको जनाएका छन् ।
सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण ब्यावसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाएका छन् ।
‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने ? मन्त्री कसरी हुने ? कसले बढी कमाउने ? कसले आफान्त बढी पोस्ने ? मा लागेको छ,’ ओलीले भने, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’
उनले परिवर्तन उल्टाउनका लागि बिभिन्न कार्यक्रम र गतिबिधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप पनि लगाएका छन् ।
प्रतिक्रिया