आजको मौसम: सामान्यतया देशभर सफा रहने
No ads found for this position
No ads found for this position
काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार बिहीबार राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया