एमाले नेता तथा पूर्व सांसद शाह राप्रपा नेपाल प्रवेश

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गरेका छन् ।

बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

शाह जाजरकोट जिल्लाका तत्कालीन निर्वाचित जिबिस सभापति,निर्बाचित सांसद,राप्रपाका संस्थापक सदस्य नेकपा एमालेका नेताको जिम्मेबारी निर्बाह गरेका थिए ।

शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्ट तन्त्रमा परिणत भएको भन्दै व्यवस्था परिवर्तन बिना अवस्था परिबर्तन नहुने बताए ।

नवप्रवेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *