म रहेसम्म गणतन्त्रमा आँच आउन दिने छैन : राष्ट्रपति पौडैल

No ads found for this position
No ads found for this position

विराटनगर: राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्।

शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिबद्धता व्यक्त गरेका हन् ।

राष्ट्रपति पौडैलले आफ्नो तागतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिने बताएका हुन्।

राष्ट्रपति पौडेलले भने, ‘म के विश्वास दिलाउन चाहान्छु भने मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन।’

संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने राष्ट्रपतिले बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *