क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिइयो

No ads found for this position
No ads found for this position

काठमाडौं- मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले विज्ञप्ति जारी गर्दै क्रिसमस मनाउन यही पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा क्रिसमसको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *