जापानमा भूकम्प बाट मृत्यु हुनेको संख्या ३० पुग्यो

No ads found for this position
No ads found for this position

टोकियो- जापानमा हिजो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । भूकम्पले सबै भन्दा बढी क्षति इशिखावा प्रिफेक्चरमा पुर्‍याएको छ।

सरकारी तथ्याङ अनुसार वाजिमा शहरमा १५ जना, सुजु शहरमा ६, नानाओ शहरमा ५, अनामिजु शहरमा २, हाकुई शहर र शिगा टाउनमा १-१ गरी ३० जनाको मृत्यु भएको छ ।

उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आइनसकेको छैन । आज बिहान पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *