बंगलादेशमा आज आम निर्वाचन हुँदै

No ads found for this position
No ads found for this position
ढाका- बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ ।

प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन निष्पक्ष र विश्वसनीय नहुने दाबी गरेपछि प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

एकातिर हसिना सरकारले हजारौं प्रतिद्वन्द्वी राजनीतिज्ञ र समर्थकहरूलाई गिरफ्तार गरेको आरोपमा अमेरिका र अन्य पश्चिमी देशहरूले बारम्बार चिन्ता व्यक्त गरेका छन् ।

पश्चिमा देशहरूले बारम्बार हसिना सरकारको लोकतान्त्रिक विश्वसनीयता माथि प्रश्न उठाएका छन् । जबकि भारत र चीनले शेख हसिना सरकारप्रति अडान अपनाएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *