रूससँग युद्ध लड्न बेलायतले युक्रेनलाइ दियो २.५० अर्ब पाउन्ड

No ads found for this position
No ads found for this position

कीभ- बेलायतले रूससँग युद्दरत युक्रेनलाइ २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका हुन् ।

प्रधानमन्त्री सुनकको यो घोषणासँगै सो सहयोग प्याकेजमार्फत युक्रेनलाई आगामी आर्थिक वर्ष २०२४ अप्रिलदेखि सहयोग उपलब्ध हुनेछ । बेलायतले युक्रेनलाई दिएको सहयोग यसअघिको २ अर्ब पाउण्डभन्दा बढी हो ।

बेलायती सरकारले युक्रेनलाई दिएको यो रकमले ड्रोन खरिदमा सबैभन्दा ठूलो सहयोग पुग्ने बताएको छ । ऋषि सुनकको युक्रेन भ्रमणका क्रममा ऐतिहासिक सुरक्षा सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

बेलायत र युक्रेनबीचको यो सम्झौता आगामी सय वर्षसम्म दिगो साझेदारीतर्फको पहिलो कदम हुने पश्चिमी सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका लागि बेलायती कोषमा बृद्धिको उद्देश्य लामो दूरीको क्षेप्यास्त्र, वायु रक्षा प्रणाली, तोपखाना गोलाबारुद र समुद्री सुरक्षा प्रदान गर्नु हो। यस नयाँ प्याकेजबाट कम्तिमा २ बिलियन पाउन्ड युक्रेनको द्रुत खरीद र हजारौं सैन्य ड्रोनहरूको उत्पादनमा खर्च गरिनेछ, जसमा निगरानी उपकरण, लामो दूरीको स्ट्राइक हतियार र समुद्री ड्रोनहरू समावेश हुने जनाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *