चुरेमा मापदण्ड विपरीत उत्खनन, ११ वटा टिपर र जेसिवी पक्राउ

No ads found for this position
No ads found for this position

महोत्तरी- महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा चुरे तथा रातु नदीमा अनियन्त्रित र अनुचित उत्खनन भैइरहेको आवाज उठीरहेको वेला धमाधम टिपर र जेसिवी पक्राउ पर्न थालेका छन् ।

राजस्व छली गर्दै अवैध दोहन भएको चर्को विरोध भैइरहेकै वेला दुई दिनभित्र ११ वटा टिपर र जेसिविलाई प्रहरीले पक्राउ गरेको हो ।

बर्दिवास-४ स्थित चुरेको निजि जग्गावाट मापदण्ड विपरीत उत्खनन भएको आरोपमा माटो ओसारपसार गरिरहेका ११ वटा टिपर पक्राउ परेको २४ घण्टा नबित्दै बर्दिवास-७ वाट आज एउटा जेसिवी र टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरी टोलीले अवैध उत्त्खनन र  स्टोक प्रमाणित नरहेको उक्त जेसिवी र टिपर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोककृष्ण अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *