गरिमा विकास बैंकद्वारा ‘गरिमा ५ मा १ बचत खाता’ सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाडौं- गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा ५ मा १ बचत खाता’ सेवा सार्वजनिक गरेको छ ।

‘गरिमा ५ मा १ बचत खाता’मा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सी आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरूले न्यूनतम १ हजारमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग ,वेब बैकिङ्ग, एटिएम सी आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट, सेयर ट्रेडिङ एटिएम र मेरो शेयर खाता साथै लकर सेवामा ५० प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ ।

यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरूले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा १ सय २३ शाखा कार्यालय र ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरूलाई बैकिङ्ग सेवा प्रवाह गर्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *