फरारको सूचीमा रहेका ८ सय अभियुक्त लाई पक्राउ गर्दै रौतहट प्रहरी

No ads found for this position
No ads found for this position

सञ्जय मिश्रा 

रौतहट-  लामोसमय देखि फरारको सूचीमा रहेका अभियुक्त मध्ये यस आर्थिक वर्षमा कम्तीमा आठसय जनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ।

बिभिन्न अपराधमा संलग्नरही अदालतबाट दोषीठहर भईसकेर पनि फरारको सुचिमा रहेका अभियुक्त मध्ये चालू आर्थिक बर्ष २०८०/०८१ मा कम्तीमा आठसय जनालाई पक्राउ गर्ने लक्ष्य सहित बिशेष अभियान सञ्चालन गरिएको रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

बिशेष अभियान अन्तर्गत यस आर्थिक बर्षको गत साउन देखि पुस मसान्त सम्म  ६ महिनाको अवधिमा बिभिन्न प्रकृतिका मुद्दामा संलग्न २८० जना फरार अभियुक्त पक्राऊगरी कारवाहीको दायरामा ल्याएको  एसपी श्रेष्ठले बताएका छन्।

कर्तब्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबर्जस्ती करणी, ठगी, लगायत बिभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाईएको एसपी श्रेष्ठले जानकारी दिएका छन्।

अदालतले दोषी ठहर गरेपछि आआफ्नो घर छोडी रौतहटको बिभिन्न स्थानमा लुकिछिपी बसेका तथा अन्य जिल्लामा समेत बसेका ती अभियुक लाई जिल्लाको सम्पूर्ण युनिट लाई परिचालन गरी पक्राउ गर्न सफल भएको एसपी श्रेष्ठको भनाई छ।

८०० जना फरार अभियुक्त लाई पक्राउ गर्ने लक्ष्य पूरा गर्न हाल रौतहट, छिमेकी जिल्लाहरुका साथै सीमावर्ती भारतीय क्षेत्र समेत निगरानी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *