अमेरिकी डलरमा गिरावट, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने युरो बढेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको छ ।
अघिल्लो दिनको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ ।
यसअघि बिहिबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।
यसैगरी आज १७ पैसाले बढेर युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा कायम गरिएको छ ।
बिहिबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको शुक्रबार खरिददर १६८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रूपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १८
पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।
यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा तथा
बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ १३ पैसा र बिक्रीदर २८ रूपैयाँ २५ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।