सुनचाँदीको मूल्य बढ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *